भूकम्पले भत्किएको प्रसूति गृहको पुनःनिर्माण, यस्तो बन्यो नयाँ भवन « Khabarhub

भूकम्पले भत्किएको प्रसूति गृहको पुनःनिर्माण, यस्तो बन्यो नयाँ भवन


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भूकम्पले भत्किएको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवन निर्माणको काम अन्तिमम चरणमा पुगेको छ ।

१२ वैशाख २०७२ को भूकम्पले २ सय ७० वेडको भवन भत्किएको थियो । भूकम्पले भत्किएको भवनको जापान सहयोग नियोग ( जाइका) को १ अर्ब २३ करोडको अनुदानमा पुन:निर्माण शुरु गरिकएको थियो ।

३ तला रहेको नयाँ भवनको निर्माण कार्य सम्पन्न भएको भवनभित्र अस्पतालका लागि चाहिने उपकरणहरु जडानको कार्य शुरु भएको अस्पतालकी प्रसासन प्रमूख रानु थापाले बताइन् । भवन निर्माण कार्य अन्तिम चरणमा रहको उनको भनाइ छ । पुन:निर्माण सम्पन्न गरी जेठ भित्रै जाइकाले अस्पताललाई भवन हस्तान्तरण गरिसक्ने थापाले जानकारी दिइन् ।

‘अस्पतालको धेरै शय्या भएको भवन ७२ सालको भूकम्पले भत्कायो, जाइकाको सहयोगमा भवन पुनः निर्माण भइरहेको छ । भवन निर्माण लगभग सम्पन्न भएको छ, अब हस्तान्तरण हुने क्रममा छ,’ थापाले भनिन्, ‘जेठ महिनाभित्रै नयाँ भवन संचालनमा आउँछ ।’ नयाँ भवनमा आकस्मिक कक्ष, लेवर रुम, बर्थिङ सेन्टर, एनआईसीयू, एमआईसीयू वेडहरु रहने थापाको भनाइ छ ।

२०७२ सालमा भूकम्पले भवन भत्किएपछि अस्पतालमा सेवा लिन आउने बिरामीलाई गुणस्तरिय सेवा दिन समस्या भइरहेको थापाले बताइन् ।

४ सय १५ शय्या संचालनको स्वीकृती पाएको अस्पतालले भूकम्पले भवन भत्किएपछि ३ सय ५० शय्या मात्रै सञ्चालन गरेको छ ।

भूकम्पले भवन भत्किनुअघि एउटा शय्याबाट वार्षिक ६१ जनाले सेवा लिएकोमा शय्या अभावका कारण अहिले एउटा शय्याबाट वार्षिक ८२ जनाले सेवा लिनुपर्ने बाध्यता छ ।

अस्पतालमा प्रयाप्त शय्या नहुँदा लेवर रुम र मातृ तथा वनजात शिशु केन्द्रबाट डेलिभरी भएको २ घण्टामा सम्बन्धित वर्डमा सुत्केरी आमा र शिशुलाई स्थानान्तरण गर्नुपर्ने भएपछि समयमा पठाउन नसकिने र अन्य बिरामीलाई समेत समयमा सेवा प्रवाह गर्न असर परिरहेको अस्पतालले जनाएको हो । शय्याअभावमा अस्पतालले सुत्केरीलाई प्यासेज मै राखेर समेत सेवा दिने गरेको छ ।

अस्पतालको नयाँ भवन छिट्टै हस्तान्तरण हुने भन्दै नयाँ भवनमा सेवा शुरु भएपछि बिरामीले सहज रुपमा सेवा पाउने थापाले बताइन् ।

उनले भनिन्, ‘प्रसूति गराउन आउने तथा स्त्रीरोगका बिरामीहरु बढिरहेका छन्, बिरामीको चाप धेरै भएकाले लामो समयसम्म पालो कुर्नुपर्ने वाध्यता छ । नयाँ भवन बनेपछि त्यसको अन्त्य हुन्छ ।’

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ३ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर