काठमाडौँ महानगरले माग्यो नेपाल भाषा पढाउने शिक्षक « Khabarhub

काठमाडौँ महानगरले माग्यो नेपाल भाषा पढाउने शिक्षक


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम (नेपाल भाषा) अध्यापन गराउने शिक्षकको माग गरेको छ ।

खबरहबले गत माघ २६ गते काठमाडौँ महानगरले स्थानीय पाठ्यक्रम दियो शिक्षक दिएन भन्ने शीर्षकमा छापेको समाचारपछि महानगरको नेपाल भाषा व्यवस्थापन समितिको मिति २०७७ माघ २८ गतेको निर्णणअनुसार आन्तरिक स्रोतबाट पारिश्रमिक उपलब्ध गराउने गरी करार सेवामा १७२ जना शिक्षकको माग गरेको हो ।

१८ वर्ष पुरा भई ४० वर्ष ननाघेका योग्य नागरिकले दरखास्त दिन पाउने महानगरपालिकाले जनाएको छ ।

मानसिक अवस्था ठीक भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालबाट कसुरदार नठहरिएको र कम्तिमा एसईई र वा सो सरह उतिर्ण गरेका व्यक्तिले दरखास्त दिन पाउने महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल भाषा संरक्षण र सम्बद्र्धन गर्ने दर्तावाल संस्थाले नेपाल भाषा बोल्न लेख्न र प्रशिक्षण गर्न योग्य छ भनी दिएको सिफरिस पत्र आवश्यक पर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : २२ बजे

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल-जवाफ

मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

जनकपुरधाम– वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को

रुस–चीन ग्यास सम्झौता अनिश्चित, ‘पावर अफ साइबेरिया–२’ परियोजना अलपत्र

बेइजिङ – रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक