तारकेश्वरमा कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि | Khabarhub Khabarhub

तारकेश्वरमा कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।

तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।

केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ ।

बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए ।

केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : २५ बजे

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र