झाँक्रीको रिहाइ माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी « Khabarhub

झाँक्रीको रिहाइ माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्यले बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका हुन ।

उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

बिहीबार प्रहरीले शंखमूलस्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरेको थियो । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ । झाँक्री पक्राउको प्रतिपक्षी दलका नेताहरु विरोध जनाएका छन्।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : ३० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको