महिला लिग फुटबल : विराटनगरविरुद्ध आर्मीको शानदार जित « Khabarhub

महिला लिग फुटबल : विराटनगरविरुद्ध आर्मीको शानदार जित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ ।

बिहीबार विराटनगर महानगरपालिकामाथि ७–० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २–२ गोल गरिन् । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो ।

जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै बिहीबार नै भएको अर्को खेलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् ।

यस्तै क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् । लिगमा यो वालिङको चौंथो जित हो । जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ ।

वालिङ लिगको तेस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार नवौं हार हो । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : ०१ बजे

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

मौन अवधि सुरु हुँदा बालेनको स्टाटस- ‘मेरो देशलाई शुभकामना’

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको