श्रमिक नपाउँदा पुनर्निर्माणमा ढिलाइ, प्राधिकरणबाट तालिम लिएका युवा ‘गायब’ ! « Khabarhub

श्रमिक नपाउँदा पुनर्निर्माणमा ढिलाइ, प्राधिकरणबाट तालिम लिएका युवा ‘गायब’ !


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएका संरचना अझै निर्माण भइसकेका छैनन् । चार वर्ष पूरा हुँदा पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन ।

पुनर्निर्माण सम्पन्न नहुनुको एक प्रमुख कारण श्रमिकको अभाव रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माणका लागि आवश्यक श्रम जनशक्ति नहुँदा निर्माणकार्य समयमा सम्पन्न गर्न मुश्किल भइरहेको प्राधिकरणको दाबी छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार अति भूकम्प प्रभावित जिल्लाहरुमा त काम गर्ने श्रमिकको अभाव रहेको छ ।

देशभित्र रोजगारीको अवसर नपाएको भन्दै दैनिक ७ सयभन्दा धेरै युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । तर, देशभित्र भने निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको अभाव देखिएको छ । देशभित्र श्रमिकको अभाव भएपछि विदेशबाट दैनिक ५ देखि ७ सय श्रमिक ल्याएर पुनर्निर्माणको काम गर्नुपर्ने अवस्था रहेको छ । हाल भारतीय र बंगलादेशी कामदारले नेपालमा भूकम्पले भत्किएको संरचनामा श्रम गरिरहेका छन् ।

भूकम्पले ध्वस्त बनाएका क्षेत्रमा पुनर्निर्माणको काम गर्ने धेरै ठुलो जनशक्तिको माग रहेको प्राधिकरणका उप–सचिव तथा सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

गएको ४ वर्षमा प्राधिकरकणले पुनर्निर्माणलाई लक्षित गरेर विभिन्न शीर्षकमा तालिम सञ्चालन गरेको थियो । तर, प्राधिकरणबाट तालिम लिएका श्रमिक पुनर्निर्माणको काम सामेल भएनन्

पुनर्निर्माण भइरहेको र बाँकी कामका लागि वार्षिक ७ लाखभन्दा धेरै श्रमिक आवश्यक पर्ने प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए । ‘हाल पुनर्निर्माण क्षेत्रमा भारतीय र बंगलादेशका श्रमिक धेरै छन् । उनीहरुकै भरमा पुनर्निर्माणको काम भइरहेको छ’ सहप्रवक्ता घिमिरेले भने,‘ गाँउमा त झन् काम गर्ने श्रमिक नै नपाउने अवस्था रहेको भूकम्पपीडितले गुनासो गर्ने गरेका छन् । एउटै श्रमिकले तीन वटासम्म काम गरिरहेका छन् ।’

सहप्रवक्ता घिमिरेका अनुसार पुनर्निर्माणका लागि दक्ष श्रमिक आन्तरिक श्रम बजारमा अभाव भएको हो । जसका कारण विदेशी श्रमिकका भरमा सम्पदा लगायतको पुनर्निर्माण गर्नुपर्ने अवस्था बनेको छ ।

जसका लागि चीन र भारतबाट धेरै तलब दिएर कामदार नेपाल ल्याउनुपर्ने बाध्यता रहेको छ ।

गएको ४ वर्षमा प्राधिकरकणले पुनर्निर्माणलाई लक्षित गरेर विभिन्न शीर्षकमा तालिम सञ्चालन गरेको थियो । तर, प्राधिकरणबाट तालिम लिएका श्रमिक पुनर्निर्माणको काम सामेल भएनन् । तालिम लिएका युवा कहाँ छन् भने विषयमा प्राधिकरण नै बेखबर छ ।

४ वर्षको अवधिमा विभिन्न सस्थामाफर्त करिब ८० हजार युवाले पुनर्निर्माणका लागि तालिम लिएको प्राधिकरणको तंथ्याकमा छ । प्राधिकरणबाट तालिम लिएका युवा प्राय वैदेशिक रोजगारीमै गएको हुनसक्ने अनुमान प्राधिकरणको छ ।

भूकम्पपछि पुनर्निर्माणका लागि सरकारले ७ लाख ६२ हजार ३ सय ७ घरपरिवारसँग अनुदान सम्झौता गरेको थियो । जसमा निजी आवास तर्फ पुनर्निर्माणको काम ८० प्रतिशत भएको प्राधिकरणले जनाएको छ । त्यस्तै ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रकियामा रहेको प्रधिकरणको तथ्यांक रहेको छ । प्रधिकारणसँग अनुदान सम्झौता गरेमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ घरपरिवारले घर निर्माण सम्पन्न गरेका छन् । बाँकी २ लाख ३० हजार ६ सय ५ परिवार घर निर्माणको क्रममा रहेको प्रधिकरणले जानकारी दियो ।

आवाससहित सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने अझै सात लाखभन्दा धेरै श्रमिकको आवश्यकता पर्ने अनुमान प्राधिकरणको छ ।

सरकारले यसअघि पुनर्निर्माण तथा पुनःस्थापना लागि ९ खर्ब ३८ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । त्यस्तै, पुनर्निर्माणका लागि ३ खर्ब ४३ अर्ब सहयोगको प्रतिबद्धता आएपनि जम्मा २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले हालसम्म ३ खर्ब ८७ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च गरिसकेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत मंगलबार पत्रकार सम्मेलन गरी अझै ४ खर्ब २९ अर्ब रुपैयाँ पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न बजेट आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिएका थिए ।

२०७२ बैसाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको ४ वर्ष पुरा भएर ५ वर्ष लागेको छ । ४ वर्षअघि गएको भूकम्पमा करिब ९ हजारले ज्यान गुमाएका थिए । भूकम्प गएपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर भौतिक संरचना पुनर्निर्माण गर्ने योजनाअघि सारेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ४ : ३० बजे

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो