मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल « Khabarhub

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो ।

“मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको शुभकामना दिएँ। उहाँले राम्रो काम गरिरहनुभएको छ” उनले भने, “रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा तपाईँको सहयोगका लागि धन्यवाद ।”

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत दुई नेताबीच भएको कुराकानीको विवरण पनि सार्वजनिक गरेका छन् ।

उनले लेखेको छन्, “समसामयिक बिषयमा फोन वार्ता र मेरो ७५औँ जन्मदिनको शुभकामना दिनुभएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद । तपाईं जस्तै म पनि भारत–अमेरिका बृहत् र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पु¥याउन पूर्ण प्रतिबद्ध छु ।”

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : ०९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको