दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ « Khabarhub

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भदौ २३ र २४ गतेका हिंसात्मक घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रसाईंले आफू र आफ्नो अभियानका सदस्यहरू सो आन्दोलनमा संलग्न नरहेको स्पष्ट पारेका छन्। मेयर बालेन शाहले आउनु पर्दैन भनेकाले सहभागिता नगरेको उनले बताएका छन्। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सरकारी सम्पत्तिमा आक्रमणलाई उनले दुःखद बताउँदै घटनाको जिम्मा वास्तविक संलग्न पक्षले लिनुपर्ने बताएका छन्।

उनले आफूहरूलाई ‘राजावादी’ भनेर आरोप लगाइएकोमा आपत्ति जनाउँदै आफूहरू राष्ट्रवादी भएको स्पष्ट पारे। विगतका राजनीतिक घटनाक्रमलाई जोड्दै प्रसाईंले नेपालमा पश्चिमी प्रभाव र षड्यन्त्र सक्रिय रहेको दाबी गरे। उनले यस्तो गतिविधिको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा प्रवेश गराई अस्थिर बनाउनु रहेको आरोप लगाए।

प्रसाईंले राष्ट्र, धर्म र नागरिकको सुरक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरू एकजुट भई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले राजाले पनि राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : ४४ बजे

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल