उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग | Khabarhub Khabarhub

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह गरेको छ ।

महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई आज मन्त्रालयमा भेट गरी सो माग गरेको हो ।

भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि पाँच हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने, “कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासंघसँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एशोसिएट्स सदस्यका लागि सरकारले तत्कालै पाँच हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्छ ।”

सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनसमेत माग गरे ।

विशेष गरी एउटा निकायको सहमतिमा व्यवसायीले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन सो अवसरमा आग्रह गरियो ।

सो अवसरमा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताका क्रममा दिन शुरु गरिएकाले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखिने बताए ।

साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ४५ बजे

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा

धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको

एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट

कोसी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस

काठमाडौं – कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीलाई नेपाल