लमजुङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु « Khabarhub

लमजुङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ ।

बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ ५ः१५ बजे उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुका कारण भने खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार तीन जना घाइते भएका छन् ।

घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको र अन्य दुई जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

प्रहरीका अनुसार घाइतेको टाउको खुट्टा टाउकामा चोट लागेको छ ।

उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ८ : ४६ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी