कुरिनटारमा प्रहरी चौकी स्थापना | Khabarhub Khabarhub

कुरिनटारमा प्रहरी चौकी स्थापना


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले आज प्रहरी चौकी उद्घाटन गरेका हुन ।

प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताइन् ।

गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा सफल भएको उनले बताइन ।

प्रहरीचौकी स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक एसपी नान्तिराज गुरुङलाई धन्यावाद दिए ।

साथै अध्यक्ष गुरुङले तत्काल जग्गा उपलब्ध भएर भवन निर्माण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने बताए ।

प्रहरी उपरीक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताए । अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रहरीलाई नागरिकले सूचना दिएर सहयोग गरेका कारण नै अपराध नियन्त्रण गर्न सकिने बताए ।

इलाका प्रहरी कार्यालय मुग्लिनको मातहतमा रहने कुरिनटार प्रहरी चौकीमा १५ जनाको दरबन्दी रहेको तर अहिले तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना रहने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

इच्छाकामना गाउँपालिकाको सात वटा वडामध्ये तीन वटा वडामा मात्र प्रहरी चौकी रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : ४५ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न