महिला हिंसाको विरोध : प्रतिकात्मक शव र मलामीसहित र्‍याली (भिडियोसहित) « Khabarhub

महिला हिंसाको विरोध : प्रतिकात्मक शव र मलामीसहित र्‍याली (भिडियोसहित)


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला हिंसा र विभेदविरूद्धका घटको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च गरिएको छ ।

बसन्तपुरबाट सुरू भएको मार्च पास भद्रकाली पुगेर सभामा परिणत भएको थियो ।

मार्चमा कालो कपडा लगाएर महिलाहरु सहभागी भएका थिए । सहभागीहरुले प्रतिकात्मक शव र मलामीसहित र्‍याली निकालेका थिए ।

मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिलाहरु प्रदर्शनमा सहभागी भएका थिए ।

हेरौँ भिडियो

महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता थियो ।

मार्चपास अघि बसन्तपुरमा साङ्लोमा बाधिएर युवाहरुले हिंसा र विभेदविरूद्धका घट्नाको विरोध गरेका थिए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ०२ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण