राष्ट्रिय महिला लिगमा आज दुई खेल « Khabarhub

राष्ट्रिय महिला लिगमा आज दुई खेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र वालिङ नगरपालिका भिड्नेछन् ।

दोस्रो खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

विभागीय टिम एपीएफ र वालिङबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

८ खेलसम्म अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

एपीएफ वालिङलाई हराएर दोस्रो स्थानको त्रिभुवन आर्मीविरुद्ध अंक दूरी फराकिलो बनाउन चाहन्छ ।

वालिङविरुद्ध एपीएफलाई जित निकाल्न सहज भने हुने छैन ।अफ्रिकन खेलाडीको साथ पाएको वालिङ निकै बलियो रहेको छ ।वालिङ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

विराटनगर र चौदण्डीबीचको खेल भने अपरानह्न ३ बजे सुरु हुनेछ । विराटनगर ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

चौदण्डीलाई हराएर विराटनगर अंक तालिका सुधार गर्न चाहन्छ । चौदण्डी भने अंक विहीन रहेको छ । चौदण्डी पुछारमा रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ५८ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण