नागरिक स्वस्थ बनाउन खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

नागरिक स्वस्थ बनाउन खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् ।

प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकूद परिषद्को संयोजनमा सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकूद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकूद आवश्यक भएको बताए ।

‘खेलाडीमा राष्ट्रिय भावना हुन्छ र त्यही राष्ट्रिय भावना पैदा गर्ने हिसाबले छ वर्षदेखि माथिका बालबालिकाका निम्ति विद्यालयमा खेल शिक्षक भर्ना गरी उनीहरुलाई प्रशिक्षित गर्ने सोच बनाएका छौँ,’ मुख्यमन्त्री शाहीले भने, ‘यसबाट स्वस्थ नागरिक मात्र नभई कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको छ ।’

यसका लागि प्रत्येक जिल्लामा खेलाडी उत्पादन गर्न तालीम केन्द्र स्थापना गर्ने सोच रहेको उनले बताए ।

खेल क्षेत्रलाई चलायमान बनाई यहाँका नागरिकलाई खेल क्षेत्रमा आकर्षित गर्न र दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने सन्देश दिन प्रदेश सरकार–११ र एन्फा–११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा एन्फा–११ ले ३–१ गोल अन्तरले विजयी भएको थियो । एन्फाका उपाध्यक्षसमेत रहनुभएका एन्फा–११ का कप्तान उपेन्द्रमान सिंहले कर्णाली प्रदेशका १० जिल्लामा फुटबल खेल सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको र त्यसको प्रस्तावना प्रदेश सरकारलाई बुझाइएको बताए ।

कोभिडका कारण गत वर्ष चैत ११ पछि ठप्प खेल गतिविधि सञ्चालनले खेलप्रेमीमा हौसला ल्याएको जिल्ला फुटबल महासङ्घ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : २८ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस