प्रचण्डले अर्बौ रकम अनियमितता गरेका छन्, हामी हिसाब माग्छौँ– मन्त्री रायमाझी « Khabarhub

प्रचण्डले अर्बौ रकम अनियमितता गरेका छन्, हामी हिसाब माग्छौँ– मन्त्री रायमाझी


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम अनियमिता गरेको आरोप लगाएका छन्।

त्यसबेला हिनामिन भएको उक्त अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको पनि उनले बताए । बुटवलमा पूर्व-जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले तीलगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।

उनले भने, ‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ । १९ अर्ब कहाँ गयो ? प्रचण्डले जवाफ दिनुपर्छ। जनमुक्ति सेनालाई बेवास्ता गर्दा उनीहरू आज घर न घाटको भएका छन्।’

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ मच्चाई रहेको टिप्पणी गरे। पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ? पार्टीभित्रै मिलाउनुपर्दैन ? भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १ : ०४ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा