श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर « Khabarhub

श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए ।

यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ ।

केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  २ : ५९ बजे

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग