दार्चुलामा पर्खाल भत्किँदा २ जनाको मृत्यु « Khabarhub

दार्चुलामा पर्खाल भत्किँदा २ जनाको मृत्यु


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु भएको छ।

मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधीन पर्खाल भत्किंदा २ जना कामदारको ज्यान भएको गौरी शंकर आधारभुत विद्यालयका शिक्षक भगत सिंह धामीले बताए।

उनका अनुसार भिरमा पर्खाल निर्माण गरिरहेको बेला एक्कासी पर्खाल भत्किंदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका ४५ वर्षीय बल्देव महरा र अपि हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी ४० वर्षीया गोमती धामी रहेको बताए।

घट्नाको थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ३ : ४५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका