नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा पक्राउ « Khabarhub

नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा पक्राउ


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नशाजन्य पदार्थ खुवाई बेहोस बनाएर पीडितको नगद ३ लाख २० हजार रुपैयाँ र २ तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा कोहलपुर नगरपालिका-२ बस्ने कालीकोट रास्कोट नगरपालिका-१ लहरेला घर भएका ३५ वर्षीय प्रकाश शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलाली चुरे गाउँपालिका-५ खानीडाँडास्थित होटलमा नास्ता खान आएका शाही समेतले माघ २६ गते साँझ होटल संचालक महिलालाई उक्त पदार्थ खुवाई सुनको सिक्री तथा नगद लुटी फरार भएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका-३ किरणनालामा शाहीलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ५९ बजे

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा