भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित) « Khabarhub

भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसका विद्यार्थीहरुले बागबजारदेखि माइतीघरसम्म विरोध प्रदर्शन गर्दै हत्यारालाइ छिटो पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

विद्यार्थीहरु कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेर प्रदर्शनमा उत्रिएका थिए ।

हेरौँ भिडियो

विद्यार्थीहरुले मुलुकमा बलात्कार, हत्या हिंसाको घटना बढ्दै गएपनि अपराधीहरु कानूनी कारवाहीमा आउन नसकेको आरोप लगाएका थिए ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले पिडितलाई न्याय दिन राज्य चुक्न नहुने समेत बताएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ४६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको