भागरथी हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति गठन गर्न माग | Khabarhub Khabarhub

भागरथी हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति गठन गर्न माग


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला पन्तले भागरथी हत्याको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेकी छिन ।

बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको दोषीलाई कानूनीमा दायरामा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्न माग गरेकी हुन ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भट्टको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न दोषिलाई चाँडो भन्दा चाँडो अनुसन्धान गरेर अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भट्टको परिवारलाई न्याय दिलाउन सरकार सम्बद्ध सबै पक्षलाई अनुरोध गरिन ।

नेतृ सङ्ग्रौलाले महिला अब कतै सुरक्षित नभएको भन्दै अब चेलिबेटी घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था सिर्जना भएकाले यसकाविरुद्ध नागरिक समाजलगायत सम्बन्धित सबै पक्ष लाग्नुपर्नेमा जोड दिदैं भट्टका दोषीलाई चाडै पत्ता लगाएर कडा कारवाही गर्न सरकारसँग माग गरिन ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : १५ बजे

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी

सहरी विकास मन्त्रीको एक वर्ष : नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

काठमाडौँ– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको