काम खोज्दै शाहरुखका डुप्लिकेट « Khabarhub

काम खोज्दै शाहरुखका डुप्लिकेट


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–गत वर्षको कोरोना महामारीका कारण आम मानिसको जिन्दगीमा निकै बद्लाव आएको छ ।

यो महामारीका कारण विश्वका करोडौं मानिस बेरोजगार बनेका छन् । मनोरञ्जन उद्योगको अवस्थामा पनि राम्रो हुन सकेको छैन ।

धेरै फिल्मको सुटिङ रोकिएकाले बलिउडमा धेरैजसो बेरोजगार बनेका छन् । बलिउड अभिनेता शाहरुख खानको ‘डुप्लिकेट’ भनेर चिनिने राजु राहिकवारको अवस्था पनि उस्तै छ ।

राजु विश्वभरमा हुने विभिन्न कार्यक्रममा उपस्थित जनाएर शाहरुखको मिमिक्री गर्दै आम्दानी गर्दै आएका थिए । तर कोरोना भाइरसका कारण लागु भएको लकडाउन र कार्यक्रम हुने हल बन्द भएपछि उनको अवस्था नाजुक बनेको छ ।

बेरोजगार भएपछि उनले अभिनेता सोनू सूदलाई ट्वीटरमार्फत आफूलाई सहयोग गर्न आव्हान नै गर्नुपर्यो ।

हालका दिनमा राजु गुगलमा इभेन्ट मेनेजरको नम्बर खोजेर मेनेजरलाई आफूलाई काम दिनका लागि सन्देश पठाउन थालेका छन् ।

‘ममाथि धेरै पारिवारिक जिम्मेवारी छ र यसका लागि मलाई कामको आवश्यकता छ’, उनी भन्छन् ।

राजु आफूसँग बिजुलीको बिल तिर्ने पैसासमेत नरहेको खुलाउछन् । ‘पैसा नभएका कारण घरको बिजुली काटीदिने चेतावनी पनि आएको थियो । मलाई अहिले पैसा होइन, काम चाहिएको छ’, उनी भन्छन् ।
–एजेन्सी

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : २५ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब