‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल डा पञ्जियार सम्मानित « Khabarhub

‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल डा पञ्जियार सम्मानित


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुडी समाज काठमाडौँले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मनुभएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन ।

श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र लगनशीलताका रुपमा आफूले जन्मेको स्थान, प्रदेश, देश र अन्तरराष्ट्रिय परिवेशमा प्रेरकको भूमिका निर्वाह गरी सुडी समुदाय र समाजलाई गरेको योगदानको कदर गर्दै सुडी समाज काठमाडौँद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

त्यस्तै समाजले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर जस्तो गरिमामय पदमा नियुक्त भएका डा अंकुर शाहलाई पनि सम्मान गरेको छ । प्रदेश नं २ को समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण र नागरिकको स्वास्थ्य अवस्था सुधारमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उनलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

दुवै जनालाई समाजका अध्यक्ष डा अशोक महासेठ, निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र महासचिव शीतलप्रसाद महतोले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गरेका हुन ।

कार्यक्रममा सुडी समाज काठमाडौँ, युवा उपसमिति र महिला उपसमितिका सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । सो अवसरमा समाजका सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता निराला र इञ्जिनीयर सत्यनारायण साहले नेपालमा बसोबास गर्ने सुडी समुदायको हकहित र अधिकारको प्रवद्र्धन तथा उन्नयनका लागि समाज क्रियाशील हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै सुडी समाजभित्र महिला, युवा, गरीब र विपन्नलाई नेतृत्व तहमा अर्थपूर्र्ण सहभागिता गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : २७ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी