निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुईको मृत्यु « Khabarhub

निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुईको मृत्यु


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा निर्माणाधीन विद्युत नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो ।

एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए ।

सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ३० बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ