लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिने भारतको उत्तर प्रदेश सरकारको घोषणा « Khabarhub

लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिने भारतको उत्तर प्रदेश सरकारको घोषणा


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोभिड–१९नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध उल्लंघन गर्नेहरूविरूद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।

राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कदमबाट उत्तर प्रदेश सरकार यस्तो आदेश जारी गर्ने देशको पहिलो राज्य भएको छ । यो कदमले राज्यका साढे दुई लाख भन्दा बढी जनतालाई ठूलो राहत प्रदान गर्नेछ ।’

यस कदमसँगै लाखौं सर्वसाधारणलाई उनीहरूको कोभिड–१९ प्रोटोकोल उल्लङ्घनका घटनाहरू अनुसन्धानका लागि भइरहेको अवस्थामा अदालत जानुपर्ने कठिनाईको पनि अन्त्य भएको छ ।

मुख्यमन्त्री आदित्यनाथको घोषणालगत्तै लकडाउन कानूनको धारा १८८ उल्लङ्घन गरेको आरोपमा राज्य भरका प्रहरी स्टेशनहरूमा दर्ता भएका यी मुद्दा फिर्ता लिने तयारी भइरहेको उत्तर प्रदेश सरकारले बताएको छ ।

हालै जनवरी २८ मा सरकारले राज्यभरका व्यापारीहरू विरूद्ध तालाबन्दीको क्रममा मुद्दा दर्ता गराउन निर्देशन जारी गरेको थियो ।

यसपछि उत्तर प्रदेश कानूनमन्त्री बृजेश पाठकले अधिकारीलाई व्यापारीलाई मुद्दा हाल्ने मुद्दाको विवरण संकलन गर्न निर्देशन दिएका थिए ।

राज्य सरकारले प्रोटोकोल उल्लंघन मुद्दाहरूको कारण आम जनताले अनावश्यक समस्याहरूको सामना गर्नुपरेको ठहर पनि गरेको छ । सरकारको यस कदमले अदालतमा मुद्दाको बोझ कम गर्ने पनि विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : ५० बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले