संसद विघटनविरुद्धको रिटमा आजदेखि निवेदक पक्षको जवाफी बहस सुरू « Khabarhub

संसद विघटनविरुद्धको रिटमा आजदेखि निवेदक पक्षको जवाफी बहस सुरू


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइका क्रममा आजदेखि निवेदक पक्षले जवाफी बहस सुरू गरेको छ ।

निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नरहेको र विघटन संविधान विपरित रहेको दाबी गरेका छन् ।

तर प्रतिरक्षा बहसको क्रममा सरकार पक्षीय वकिलहरुले प्रधानमन्त्रीसँग निहित अधिकारका आधारमा प्रतिनिधिसभा विघटन गरेका कारण संविधान संवत रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्चमा संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ ।

गएको माघ ४ गतेदेखि जारी विषय केन्द्रित बहस अन्तर्गत सुरुका दुई हप्ता १३ निवेदकका तर्फबाट वकिलहरुले बहस गरेका थिए ।

त्यसपछिको दुई हप्ता सरकारका तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वलिकहरुलाई जवाफी बहस सकेसम्म छोटो गर्न भनेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १२ : ३४ बजे

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको