मधुबाला : दीलिपसँग प्रेम, किशोरसँग विवाह | Khabarhub Khabarhub

मधुबाला : दीलिपसँग प्रेम, किशोरसँग विवाह


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री मधुबालाको नाम बलिउडमा सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा लिइन्छ । फेब्रुअरी १४ मा उनको जन्मदिन पर्दछ । मधुबाला भलै यो संसारमा नरहे पनि उनलाई मनपराउनेको संख्यामा अझै कमी छैन ।

मधुबालाले आफ्नो जीवनमा चाहिने जति माया पाउन सकिनन् । उनले केवल ३६ वर्षको उमेरमा नै संसार छोडिन् ।

फिल्मी करियरमा मधुबालाको नाम धेरै अभिनेतासँग जोडियो । पहिलोपटक उनको नाम प्रेम नाथसँग जोडियो । त्यसपछि उनी निर्देशक केदार शर्मा र कमाल अमरोहीसँग जोडिइन् ।

यद्यपि मधुबाला अभिनेता दीलिप कुमारलाई मनपराउथिइन् । तर दीलिपसँग उनको विवाह सपना पुरा हुन सकेन ।

मधुबालाका पिता अताउल्हाह खानले दीलिप कुमारलाई कहिल्यै मनपराएनन् । मधुबालाकी बहिनी जाहिदाका अनुसार कुनै समय दीलिप कुमार र अताउल्लाह खानबीच एक व्यापारको विषयलाई लिएर मुद्दा परेको थियो । त्यहीकारण दीलिप कुमार मधुबालासँग टाढिएका थिए ।

मधुबालाले किशोर कुमारसँग कैयौं फिल्ममा अभिनय गरिन् । एकपटक मधुबालाको स्वास्थ्यमा समस्या आउदा किशोर कुमारले उनलाई प्रेम प्रस्ताव राखेका थिए । मधुबाला र किशोर कुमारको विवाह पछि उनीहरु उपचारका लागि लण्डन गए ।

मधुबालाको मुटुमा प्वाल परेको थियो । त्यहीकारण चिकित्सकले उनलाई दुई वर्षभन्दा बढी बाँच्न नसक्ने बताएका थिए ।

जाहिदाका अनुसार लण्डनबाट फर्किएपछि मधुबालालाई किशोर कुमारले एक्लै छाडेका थिए । मधुबाला मुम्बईको एक घरमा नर्स र ड्राइभरका साथ एक्लै बस्थिइन् । किशोरले मधुबालाको फोन पनि उठाउदैन थिए र महिनौंमा एकपटक भेट्न आउथे ।

दीलिप कुमारसँग सम्बन्ध सकिएपछि मधुबाली यति निराश थिइन् कि उनले आवेशमै किशोर कुमारसँग विवाह गरेकी थिइन् । उनको विवाह सन् १९६० मा भएको थियो, जुन समयमा उनी २७ वर्षकी थिइन् ।
–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : ४५ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,