कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले फागुन ५ गते बुधबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे  केन्द्रीय कार्यसमिति बैठक बस्‍ने जानकारी दिएका हुन ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रिण केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कांग्रेसले आगामी शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

कोभिड-१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम नभएकाले महाधिवेशन हुन सक्ने सम्भावना देखिएन । तसर्थ महाधिवेशनको मिति सार्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक बोलाएको जनाइएको छ ।

यसैगरी  बैठकमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध गरेको तेस्रो चरणको आन्दोलनको समिक्षासमेत  गरिने जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : १५ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत