कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले फागुन ५ गते बुधबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे  केन्द्रीय कार्यसमिति बैठक बस्‍ने जानकारी दिएका हुन ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रिण केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कांग्रेसले आगामी शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

कोभिड-१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम नभएकाले महाधिवेशन हुन सक्ने सम्भावना देखिएन । तसर्थ महाधिवेशनको मिति सार्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक बोलाएको जनाइएको छ ।

यसैगरी  बैठकमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध गरेको तेस्रो चरणको आन्दोलनको समिक्षासमेत  गरिने जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : १५ बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी