ओलीले आफू र प्रचण्डलाई ‘गिरफ्तार’ गर्ने योजना बुनेको नेता नेपालको आरोप  « Khabarhub

ओलीले आफू र प्रचण्डलाई ‘गिरफ्तार’ गर्ने योजना बुनेको नेता नेपालको आरोप 


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधनमन्त्री केपी ओलीको ‘तानाशाही प्रवृत्ति’ धेरै दिन नटिक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा भएको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत पक्राउ गर्ने योजना बनाएको आरोप लगाउँदै रामकुमारी झाँक्रीलाई पक्राउ गरेर मुटु छामेको टिप्पणी गरे ।

‘केपी ओलीले रामकुमारी झाँक्रीलाई समातेर मुटु छामेका हुन्,’ नेपालले भने,‘त्यसपछि म र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ ।’ उनले भने ।

आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्दै सूर्य चिन्ह आफूले नै पाउने बताए । उनले दुवै समूहलाई सुर्य चिन्ह नदिने सम्मको योजना बनाइएको भन्दै यस विषयमा चुपचाप लागेर नबस्ने चेतावनी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो ।

अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको समेत आरोप लगाए ।

‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन्, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौँ भन्ने हो’ अध्यक्ष नेपालले भने ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ११ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी