सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू « Khabarhub

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का रूपमा नलिन सरकारलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै चर्चित ब्यान्ड नेपथ्यका प्रमुख गायक गुरुङले माओवादी द्वन्द्वकाल र मधेश आन्दोलनका समयमा समस्या व्यवस्थापनमा संलग्न नेता, प्रहरी, सेना तथा प्रशासकसँग छलफल गरी उनीहरूको अनुभवबाट सिक्न सरकारलाई सुझाव दिएका हुन्।

‘प्रिय सरकार र सरकारसँग नजिकका राजनीतिज्ञहरू, तराई–मधेशलाई हल्का रूपमा नलिनुस्,’ उनले लेखेका छन्, ‘माओवादी द्वन्द्वकाल र मधेश आन्दोलनका बेला समस्यासँग जुधेका नेता, प्रहरी, सेना र प्रशासकसँग छलफल गर्नुस्। उनीहरूको सल्लाह सुन्नुस्। २०–२५ वर्षअघिको घटनाक्रम अध्ययन गर्नुस्।’

गुरुङले आफूले त्यतिबेला भ्रमण गरेको मधेशको स्मरण गर्दै विगतजस्तै अवस्था दोहोरिन नहुने कामना पनि गरेका छन्। ‘त्यसबेला भ्रमण गरेको मधेशको सम्झना अझै छ। फेरि त्यस्तो अवस्था नहोस् भन्ने कामना छ,’ उनले भनेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ७ : २१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,