प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन: प्रचण्ड | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन: प्रचण्ड


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरेका हुन् ।

उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए ।

विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएको परिवारजनले जनाएको छ । उनी आजै काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १ : २७ बजे

जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

काठमाडौं – ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौं – हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

चीनमा नेपाललाई वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक गन्तव्य घोषणा 

गुआंगझो– नेपाललाई चीनको गुआंगझोमा सम्पन्न गुआंगझो अन्तर्राष्ट्रिय पर्यटन मेला जीआईटीएफ-२०२५ मा

बिजुली गएपछि मोबाइलको लाइट बालेर सिंहदरबारमा बैठक

काठमाडौं- काठमाडौं उपत्यका र तराई मधेशका क्षेत्रमा व्यापकमात्रामा हावाहुरी र