सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिँदैछ– कांग्रेस | Khabarhub Khabarhub

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिँदैछ– कांग्रेस


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले समाजिका सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिरहेको बताएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार अपिल जारी गर्दै युवा पुस्तालाई सजग बन्न भनेका छन्।

उनले भनेका छन्, ‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ।’

सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती नहुने तर त्यसका लागि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको कांग्रेसको भनाइ छ।

‘थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ। कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन,’ उनले भने।

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई कांग्रेसले चेतावनीसमेत दिएको छ।

‘सामाजिक संजालमा ब्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो,’ उनले भनेका छन्, ‘यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ३ : ४० बजे

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले

काठमाडौं- दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन– चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ

स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा

काठमाडौं- जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङको राजीनामा

जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद  

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक

सलमान रुस्दीमाथि आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय 

न्यूयोर्क– न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु