प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले गर्‍यो ७७ वटै जिल्लामा प्रदर्शन (भिडियोसहित) « Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले गर्‍यो ७७ वटै जिल्लामा प्रदर्शन (भिडियोसहित)


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सोमबार देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत सोमबार विरोध प्रदर्शन र सभा गरेको हो ।

काठमाडौंको  योजना गरिएको विरोधसभा अघि काठमाडौंको विभिन्न भागबाटजुलुस सहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए ।

असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको र्‍याली त्यहाँ विरोध सभामा परिणत भएको थियो ।

सभामा कांग्रेसका नेताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतन्त्र खतरामा परेको धारणा राखेका थिए ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले निर्वाचनका निम्ती कांग्रेस तयार भएपछि संसद बिघटन गर्ने कदम भने संविधानमाथिको आक्रमण भएको बताए ।

त्यस्तै कांग्रेस नेता भीमसेनदास प्रधानले मुलुकमा कोरोना, रोजगारी , युवाहरुको समस्या रहेपछि प्रधानमन्त्री भने सत्ता जोगाउन लागेको आरोप लगाए ।

हेरौँ भिडियो

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ५९ बजे

सरकारको राजनीतिक र नैतिक वैधतामा प्रश्न

नेपाल आज सामान्य राजनीतिक संक्रमणमा छैन। देश राजनीतिक, संवैधानिक र

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले महाधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा