पार्टीभित्रैबाट असहयोग हुँदा पनि सरकारले धेरै काम गर्‍यो : प्रधानमन्त्री ओली « Khabarhub

पार्टीभित्रैबाट असहयोग हुँदा पनि सरकारले धेरै काम गर्‍यो : प्रधानमन्त्री ओली


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट असहयोगका बाबजुद पनि सरकारले धेरै काम गर्न सफल भएको दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा सोमबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग व्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो तीन बर्षे कार्यकालमा पार्टीभित्रैबाट असहयोग भए पनि धेरै काम गर्न सकिएको दाबी गरेका हुन् ।

पार्टीका शीर्ष नेताहरुमा कुनै ठाउँमा खुट्टा टेक्दा केपी ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति देखिएको उनले बताए ।

प्रचण्ड–नेपाल पक्षले सभाहरुमा समेत १६ जना मान्छे लाइन लागेर सबैले एउटै ‘केपि ओली’ केपि ओली’ केपि ओली’ मात्र भन्ने गरेको तर देश र दुःख पाएका जनता नसम्झिएको उनले बताए ।

उनले निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्नेमा व्यक्तिको स्वार्थका लागि पार्टी फुटाउने चेष्टा भएको तर्क गरे ।

प्रधानमन्त्री ओलीले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान पनि गरे ।

प्रधानमन्त्रीले कोभिड—१९का कारण प्रतिकूल असर परेका बेला कुनै कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताए ।

त्यस्तै परराष्ट्रमन्त्री एवं नेकपा ओली पक्षका नेता प्रदीप ज्ञवालीले देश बदल्न भन्दा पनि कुर्सी बदल्न नेताहरुको ध्यान केन्द्रीत भएकाले ताजा जनादेशमा जान परेको बताए ।

त्यस्तै ऊर्जामन्त्री एवं नेकपा ओली पक्षका नेता टोप बहादुर रायमाझीले पार्टीलाई एकतावद्ध गर्ने एजेण्डा भएपनि नेताहरु पदका लागि लडाई गरेको तर्क गरे ।

त्यस्तै अन्य नेताहरुले आगामी निर्वाचनमा बहुमत दिलाउन पार्टीलाई शसक्त ढंगले अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : ४६ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का