महिला राष्ट्रिय लिग फुटबल : एपीएफसँग हार्‍यो पुलिस | Khabarhub Khabarhub

महिला राष्ट्रिय लिग फुटबल : एपीएफसँग हार्‍यो पुलिस


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी महिला राष्ट्रिय लिगमा वभागीय टोली एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एपीएफले २–१ गोल अन्तरको जित हासिल गरेको हो ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ६९औं मिनेटमा एपीएफले उपहार गोल पाएपछि पुलिस दबाबमा परेको थियो। घिमकुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो।

पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन्। अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविनाले गोल गर्दै एपीएफको जित सुनिश्चित गरेकी थिइन ।

एपीएफले १० खेलबाट स्पष्ट ३० अंक जोड्दै शीर्ष स्थानमा यथावत् रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ। पराजयसँगै पुलिसको उपाधि उचाल्ने समीकरण समाप्त भएको छ।

लिगअन्तर्गत सोमबारै सम्पन्न भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : २६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित