सेनाद्वारा नुवाकोट र लमजुङमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

सेनाद्वारा नुवाकोट र लमजुङमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेनाले नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले नुवाकोटमा २ दिने र लमजुङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो ।

नुवाकोटमा जबरजंग गण र जिल्ला अस्पताल त्रिशुलीको सहकार्यमा किस्पाङ्ग गाउँपालिका-३ स्थित काउले स्वास्थ्य चौकी परिसरमा मिति माघ २७ र २८ गते स्थानीय बासीलाई लक्षित गरि दुईदिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

शिविरमा जिल्ला अस्पताल त्रिशुलीका हाडजोर्नी, प्रसुती तथा स्त्री रोगलगायतका ४ विशेषज्ञ डक्टर एवं नेपाली सेनाका २ जना डक्टरको टिमले संयुक्त रूपमा स्थानियबासीहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

स्वास्थ्य शिविरबाट पुरुष-१४४, महिला-३२९ र बालबालिका-२६ गरि ४९९ जना सर्वसाधारण लाभान्वित भएका निर्देशनालयले जनाएको छ ।

यसैगरी लमजुङमा फागुन १ गते श्रीजंग गण र जिल्ला अस्पताल वेशीशहरको सहकार्यमा दोर्दी गाउँपालिका-८, बन्सारस्थित फलेनी मा.वि. को प्राङ्गणमा शिविर सञ्चालन गरेको थियो ।

जिल्ला अस्पताल बेशिसहरका २ र नेपाली सेनाका २ जना डक्टरसहितको १४ जनाको मेडिकल टिमले १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ३० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष