जोर्फा आर्चरको उत्कृष्ट फिनिसिङमा राजस्थान विजयी « Khabarhub

जोर्फा आर्चरको उत्कृष्ट फिनिसिङमा राजस्थान विजयी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जोर्फा आर्चरले विजयी छक्का प्रहार गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले कोल्कत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । कोलकाताको घरेलु मैदान इडन गार्डेन मा भएको खेलमा राजस्थानले ३ विकेटले विजयी भएको हो ।

कोलाकाताले दिएको १ सय ७६ रनको लक्ष्य राजस्थानले ४ बल बाँकी रहँदै पुरा गरेको थियो । उसले १९.२ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाउँदै लक्ष्य हात पारेको थियो ।

कोलकाताविरुद्ध राजस्थानका जोर्फा आर्चरले अन्तिम २ बलमा १ चौका र १ छक्का प्रहार गरेपछि ४ बलबाँकी छँदै लक्ष्य भेट्टाएको हो । राजस्थानका लागि रियान परागले ४७ रन, अजिन्क्या रहाणेले ३४, जोर्फा आर्चर २७ रन बनाए भने सञ्जु सिमसनले २२ रन बनाएका थिए ।

यस्तै, राजस्थानविरुद्ध पियुस चावलाले ३ विककेट लिए भने सुनिल नारिनेले २ विकेट लिएका थिए भने आन्द्र रुसेल र प्रशाद कृष्णले समान एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय७६ रन बनाएको थियो । कोलकाताका लागि कप्तान दिनेश कार्तीकले उत्कृष्ट ब्याटिङ गर्दै राजस्थानविरुद्ध लक्ष्य लम्ब्याएका थिए ।

उनले ५० बलमा ९ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यस्तै, नितेश रानाले २१ रन बनाएका थिए भने सुभमन गिल र आन्द्रे रुसेलले समान १४–१४ रन बनाएका थिए ।

कोलकाताविरुद्ध राजस्थानका वरुण आरोनले २ विकेट लिए भने ओसाने थोमस र श्रयस गोपाल र ज्यादव उन्डकटले समान एक–एक विकेट लिएका थिए ।
जीतसँगै राजस्थानको ८ अंकसहित सातौं स्थानमा रहेको छ भने पराजित कोलकाता समान ८ अंकसहित छैठौं स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ४२ बजे

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ