निधिको नाममा फ्यानले बनाए मन्दिर « Khabarhub

निधिको नाममा फ्यानले बनाए मन्दिर


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड र दक्षिण भारतीय फिल्ममा धेरै यस्ता अभिनेता तथा अभिनेत्री छन्, जसको फ्यान फलोइङ कुनै ठूलो स्टारको भन्दा कम छैन । यी स्टारहरुलाई उनका फ्यानहरुले फरक फरक किसिमले सम्झने गर्दछन् ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री निधि अग्रवाललाई उनका फ्यानले फरक किसिमले सम्झिएका छन् । प्रेम दिवसको अवसर पारेर चेन्नाईमा रहेका उनका फ्यानहरुले उनको नामको मन्दिर बनाइदिएका छन् ।

हालका दिनमा सामाजिक सञ्जालमा निधिको मूर्तिको तस्वीरहरु भाइरल भइरहेका छन् । तस्वीरहरुमा अभिनेत्रीका फ्यान उनको मूर्तिलाई दुधले नुहाइरहेका छन् । उनको पुजा गरिरहेका छन् ।

निधिले आफ्नो नाममा फ्यानले मन्दिर र मूर्ति बनाइदिएकोमा खुशी व्यक्त गरेकी छन् । ‘म यो उद्योगमा नयाँ हुँ । मैले तमिलमा केवल दुई फिल्म मात्र गरेकी छु । त्यो भन्दा बढी तेलुगूमा छ । म यो समयमा दुवै भाषाका केही फिल्मको सुटिङ गरिरहेकी छु । फ्यानले गरेको तस्वीर सामाजिक सञ्जालमा आएपछि म चकित भएकी छु’, उनले भनेकी छन् ।

अभिनेत्री निधि भन्दा अघि एमजीआर, खुशबू सुन्दर, हंसिका मोटवानी र नयनतारासहित कैयौं कलाकारको मन्दिर बनिसकेको छ । निधिले सन् २०१७ मा बलिउड फिल्म ‘मुन्ना माइकल’मा अभिनयमा पाइला चालेकी थिइन् ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ४५ बजे

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं