सेक्सले बढाउँछ वजन ! « Khabarhub

सेक्सले बढाउँछ वजन !


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले मानिसहरू आफ्नो धेरै समय सोशल मिडियामा खर्च गर्छन् । जसका कारण अधिकांश मानिसहरुले सोशल मिडियामा फैलाइएको अफवाहहरू स्वीकार्न थालेका छन्। धेरै मानिसहरूमा सेक्स गर्दा वजन बढ्छ भन्ने बुझाइ पनि छ । यस विषयमा भएका सत्य वा मिथ्याबारे यहाँ चर्चा गर्ने छौँ ।

यद्यपि, यो सत्य हो । शरीरको वजन बढ्नुको पछाडि तपाईको सेक्स हर्मोनको भूमिका महत्वपूर्ण हुन्छ । यदि सेक्स हर्मोनमा असंतुलनको स्थिति सिर्जना भएमा शरीरको तौल बढ्न थाल्छ । तर यो पनि सत्य हो कि सेक्स गर्दा क्यालोरी घट्छ । यसलाई एक राम्रो कसरत पनि भनिन्छ। त्यसकारण यो सत्य होइन कि सेक्स गर्नाले वजन बढ्छ। तर सेक्स हर्मोनको असंतुलनका कारण तौल बढ्छ । त्यसोभए किन हुन्छ जानिराखौँ ।

असन्तुलित हर्मोनका कारण

यदि मानिससँग असंतुलित हर्मोन छन् भने यसका थुप्रै कारण हुन्छन्। जस मध्ये एउटा कारण हो – जेनेटिक (वंशाणुगत)। यदि तपाईंका पूर्वजहरूको सेक्स हर्मोन असंतुलित थिए भने तपाईंको पनि असंतुलित हुन्छन्।

यदि कसैको हर्मोन असंतुलित छन् भने त्यसको कारण वंशानुगत नै हो भन्ने हुँदैन । धेरै जसो अरु कारण पनि हुनसक्छ । जस्तै तनाव, आहार, जीवनशैली। यससँगै, एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरन आदि हर्मोन पनि हुन सक्छन् । जसले तपाईंको वजन बढाउन सक्छ।

हर्मोनहरूको असंतुलनका लक्षणहरू के के हुन् ?

हर्मोन असंतुलित हुने मान्छेहरूको कम्मर र फिलामा बोसो जम्मा हुन थाल्छ। तपाईंले आफ्नो कम्मर र फिलाको नजिक अधिक बोसो देख्नुभयो भने, त्यसपछि बुझ्नुहोस् तपाईंको हार्मोन असंतुलित हुँदै गइरहेको छ । तपाईंले यसलाई सुधार्नु आवश्यक छ।

महिलामा असंतुलित हर्मोनको थुप्रै कारणहरू हुन सक्छन्। महिनावरीको समयावधि अगाडि – पछाडि हुन थाल्छ । यसले तपाईंको हर्मोनहरू असंतुलित हुने संकेत गर्दछ।

यदि महिलाको योनी बारम्बार सुक्खा हुन्छ भने हार्मोन असंतुलित हुँदै जानुको यो पनि एक कारण हुनसक्छ ।

यदि तपाईलाई निद्रा लाग्दैन भने हर्मोन असन्तुलित हुँदा शरीरमा बोसो बढेर जान्छ ।

यदि तपाईं मानसिक चिन्ता बढ्न थालेको छ । छिट्टै रिसाउने, तनाव महसुस गर्दा पनि हर्मोन असन्तुलित हुन्छ ।

त्यसैले सेक्स गर्दा वजन बढ्दैन, तर तपाईंको जीवनशैलीमा सबै परिवर्तन हुँदैछ भने तपाईंको शरीरमा बोसो बढ्न सक्छ। यदि तपाईं आरामदायी जीवनशैली अपनाउँदै हुनुहुन्छ भने हार्मोन असन्तुलनको यो पनि कारण हुन सक्छ। यससँगै, अधिकांश मानिसमा फास्ट फुड बढी नै खाने बानी हुन्छ । जसका कारण पनि वजन बढ्छ ।

तपाईंआफ्नो हर्मोनहरूलाई सन्तुलित राख्न चाहनु हुन्छ भने राम्रो जीवनशैली अपनाउन आवश्यक छ। यदि तपाईं योग र व्यायाम गर्नुहुन्छ भने यसले अधिक लाभ दिनेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ३२ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै