कपिल र सुनिललाई मिलाउदै सलमान « Khabarhub

कपिल र सुनिललाई मिलाउदै सलमान


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ कमेडी जनरामा टेलिभिजनमा सर्वाधिक रुचाइएको शो हो । यो शोमा अहिले कपिल शर्मा, सुमोना चक्रवर्ती, कृष्णा अभिषेक र किकु शारदालगायतका कलाकार छन् ।

शुरुवाती समयदेखि यो शोमा कलाकार सुनिल ग्रोवर पनि थिए । जो ‘गुत्थी’का रुपमा परिचित थिए । तर कपिलसँगको असमझदारी र झगडाका कारण सुनिलले शो छोडेपछि फ्यानहरु शोमा सुनिलको प्रतिक्षा गरिरहेका छन् ।

दुईबीचको असमझदारीलाई अब समझदारीमा परिणत गर्न अभिनेता सलमान खान अग्रसर भएका छन् । सलमान दुई कलाकारबीचको शुरुवाती जस्तै सम्बन्धलाई ब्युताउनका लागि मध्यस्थता गर्दैछन् ।

कपिल र सुनिलबीच खटपट भएयता यी दुई कलाकारले कुनै पनि अन्य कार्यक्रममा सहकार्य गरेका छैनन् । अहिले टेलिभिजनमा प्रसारण भइरहेको कपिलको शोका निर्माता सलमान हुन् । त्यहीकारण पनि सलमानले सुनिललाई पुनः शोमा ल्याउन चाहिरहेका छन् ।

केही दिन अघि मात्र कपिलको मेकअप मेनको ग्राममा कपिल र सुनिल पुगेका थिए । ती मेकअपमेनले दुवैको तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ३ : ४५ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब