अपहरण मामलामा मेक्सिको सुन्दरी लौरा पक्राउ « Khabarhub

अपहरण मामलामा मेक्सिको सुन्दरी लौरा पक्राउ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोकी ब्यूटी क्वीन लौरा मोजिका रोमेरोलाई स्थानीय प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको छ । मेक्सिको सिटी प्रहरीले ‘मिस मेक्सिको २०१९’की प्रतियोगीसमेत रहेकी लौरालाई पक्राउको पुष्टि गरेको छ ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई ५० वर्षको जेल सजाय हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिको प्रहरीले यो मामलामा लौरासहित ८ व्यक्तिलाई पक्राउ गरेको छ ।

२५ वर्षीया लौरा ओएक्साका र वेराक्रुज जस्ता शहरमा अपहरणको धन्दा गर्ने एक आपराधिक समूहको सदस्य हुन् । वेराक्रुजको राज्य अधिकारीले उनीहरुलाई गत फेब्रुअरी ११ मा सहरको एक घरबाट पक्राउ गरेको पुष्टि गरेका छन् ।

हाल प्रहरीले उनीहरुको विषयमा अनुसन्धान गरिरहेको छ । सबै ८ आरोपीहरु आगामी दुई महिनाका लागि हिरासतमा रहनेछन् । यो मामलामा लौराको नाम आएपछि सबै चकित परेका छन् ।

बिजनेस ग्राजुएट लौरा अंग्रेजी भाषामा पारंगत छिन् । उनी स्तन क्यान्सर र ल्यूकेमिया जस्तो रोगका विरुद्ध जागरण अभियान चलाउन चिनिन्छिन् । उनले सन् २०१५ मा ‘मिस अर्थ ओएक्साका’ उपाधि पनि जितेकी थिइन् ।

उनले सन् २०१९ मा ‘मिस मेक्सिको’ प्रतियोगितामा सहभागिता जनाएर थर्ड रनर अप भएकी थिइन् ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : २५ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब