अपहरण मामलामा मेक्सिको सुन्दरी लौरा पक्राउ | Khabarhub Khabarhub

अपहरण मामलामा मेक्सिको सुन्दरी लौरा पक्राउ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोकी ब्यूटी क्वीन लौरा मोजिका रोमेरोलाई स्थानीय प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको छ । मेक्सिको सिटी प्रहरीले ‘मिस मेक्सिको २०१९’की प्रतियोगीसमेत रहेकी लौरालाई पक्राउको पुष्टि गरेको छ ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई ५० वर्षको जेल सजाय हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिको प्रहरीले यो मामलामा लौरासहित ८ व्यक्तिलाई पक्राउ गरेको छ ।

२५ वर्षीया लौरा ओएक्साका र वेराक्रुज जस्ता शहरमा अपहरणको धन्दा गर्ने एक आपराधिक समूहको सदस्य हुन् । वेराक्रुजको राज्य अधिकारीले उनीहरुलाई गत फेब्रुअरी ११ मा सहरको एक घरबाट पक्राउ गरेको पुष्टि गरेका छन् ।

हाल प्रहरीले उनीहरुको विषयमा अनुसन्धान गरिरहेको छ । सबै ८ आरोपीहरु आगामी दुई महिनाका लागि हिरासतमा रहनेछन् । यो मामलामा लौराको नाम आएपछि सबै चकित परेका छन् ।

बिजनेस ग्राजुएट लौरा अंग्रेजी भाषामा पारंगत छिन् । उनी स्तन क्यान्सर र ल्यूकेमिया जस्तो रोगका विरुद्ध जागरण अभियान चलाउन चिनिन्छिन् । उनले सन् २०१५ मा ‘मिस अर्थ ओएक्साका’ उपाधि पनि जितेकी थिइन् ।

उनले सन् २०१९ मा ‘मिस मेक्सिको’ प्रतियोगितामा सहभागिता जनाएर थर्ड रनर अप भएकी थिइन् ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : २५ बजे

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र

१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध 

काठमाडौं– सरकारले तीनवटा प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क

सिरहामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिरहा– सिरहा नगरपालिका-१० पदमपुर बस्ने ६० वर्षीय चन्देसर मण्डलको घर र