सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ « Khabarhub

सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीबीसीको शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले बस्नेतलाई मंगलबार काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो। बस्नेतलाई पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

आफूलाई बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै उनले गत आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी थिइन्।

बस्नेतले युट्युबमा आफ्ना नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले उनीविरुद्ध गत आइतबार काठमाडौँ परिसरमा जाहेरी दिएकी थिइन ।

काठमाडौँमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

यो पनि पढौँ

विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी 

बस्नेतविरुद्ध उजुरी दिएकी सपनाद्वारा गृहमन्त्रीसमक्ष न्यायको याचना 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै