पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप | Khabarhub Khabarhub

पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उनले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री कोस्टाले फाइजर/बायोएनटेकको खोप लगाएका हुन् । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो ।

प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गरिन् ।

त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसदका अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीहरुलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्यमन्त्री टेमिडोले पहिलो चरणमा झण्डै तीन लाख ३३ हजार र दोस्रो चरणमा झण्डै दुई लाख खोप ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिइन् ।

“हामीले झण्डै एक चौथाइ खोप आठ दिन अगाडि नै ल्याइसकेका छौँ, अरु खोप पनि चाँडै नै आउँछ,” उनले भनिन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ३० बजे

त्रियोग चेस सम्पन्न

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर

बागलुङमा करिब ६ हजार घर बाढीपहिरोको जोखिममा

बागलुङ- बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको

नेपालमा पहिलो पटक एआई आचारसंहिता जारी   

काठमाडौं– नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी