सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति नन्दबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शाहीको यही फागुन ३ गते निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍एको योगदानको स्मरण गर्दै शाहीको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।

विसं २००२ पुस १४ गते जन्मिएका शाही विसं २०५१ मा जिल्ला कार्यसमिति दैलेखको पार्टी सभापति थिए । उनी विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र सुकुम्वासी आयोग दैलेखको पूर्वउपाध्यक्ष भएका थिए ।

स्व. शाहीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ५४ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि