महिला लिग फुटबल : चौदण्डीगढीविरुद्ध चन्द्रपुर नगरपालिका विजयी | Khabarhub Khabarhub

महिला लिग फुटबल : चौदण्डीगढीविरुद्ध चन्द्रपुर नगरपालिका विजयी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएको छ ।

चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले एक-एक गोल गरे ।

यस्तै चौदण्डीका लागि सान्त्वना गोल मनिता तामाङले गरिन । पहिलो हाफको इन्जुरी समयमा थोकरले पहिलो गोल गरेकी थिइन ।

यस्तै खेलको ६६ औँ मिनेटमा चन्द्रपुरका लागि रानाले अर्को गोल गरिन । खेलको ६८ औँ मिनेटमा चौदण्डीकी तामाङले गोल गरेकी थिइन ।

जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अङ्क जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौँ स्थानमा छ । चौदण्डीको यो लगातार ११ औँ हार हो । चौदण्डी लिगको तालिकामा अङ्कविहीन अवस्थामा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ११ बजे

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप