रुघा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने घरेलु उपाय « Khabarhub

रुघा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने घरेलु उपाय


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ हामीले कफजन्य  खानाहरु  जस्तै चिसो हावा, चिसो पानी, फ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ र बिस्तारै गाढा या पातालो पानी बनेर नाकबाट झर्न थाल्दछ । त्यसैलाई रुघा भनिन्छ ।

यसका लक्षणहरु

नाकबाट पानी बग्नु

हाच्छ्युँ आइरहनु

टाउको दुख्नु र हल्का ज्वरो समेत आउन सक्छ

पटकपटक नाकबाट भित्रतर्फ जोडले श्वास तान्नु आदि ।

यसरी गर्न सकिन्छ घरेलु उपचार

१. कालो मरीच, सख्खर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।

२. उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।

३. सुठो, कूट, पिप्पली, बेलको गुदी र अंगुको पानी उमालेर एक चौथाई पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सरसिउँको तेल हालेर उमाल्नुहोस । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छ्युँ आउन बन्द हुन्छ ।

४. घिउ, गुग्गल (एउटा काँडेदार रुख र त्यसको बीज) र मैनको मिश्रणलाई पोलेर त्यसको धुवाँ सुँघ्नाले हाँच्छ्यूँ आउन बन्द हुन्छ ।

५. दूधमा जायफल, अदुवा एवं केसर हाले उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठीक हुन्छ ।

६. सातआठ ओटा कालो मरीच घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी पिउनुभयो भने रुघा ठीक हुन्छ ।

७. लसुनका सातआठ वटा पोटी चपाएर खानाले या तरकारी बनाएर खानाले फोक्सोमा जम्मा भएको कफ निस्किन्छ र रुघा ठीक हुन्छ ।

८. सानो एवं कालो मरिचको चूर्ण महसँग चाट्नाले रुघाबाट राहत मिल्दछ ।

९. पानको स्वरसमा ल्वाङ एवं अदुवाको रस मिलाएर महसँग पिउनाले रुघा ठीक हुन्छ ।

१०. दहीलाई पातलो पारेर त्यसमा अलिकति बेसन मिसाएरघोटेर नुन, मरीच तथा अलिकति मेथीको दाना हालेर पकाउनुहोस् र पाकिसकेपछि तातोतातो पिउनुहोस्, रुघा ठीक हुनेछ ।

साभार घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ०३ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक