अभिनेता रणवीरलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अभिनेता रणवीरलाई कोरोना संक्रमण


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतमा कोरोना भाइरसको कहर भलै कम भए पनि यसको खतरा अझै टरेको छैन । भारतमा यो महामारीको चपेटामा बलिउड कलाकारहरु पनि परिरहेका छन् । यही सूचीमा अभिनेता रणवीर शौरी पनि जोडिएका छन् ।

रणवीर आफैंले कोरोना संक्रमण भएको ट्वीट गरेका छन् । ‘म कोभिड १९ पोजेटिभ भएको छु । लक्षण सामान्य छ । म क्वारेन्टाइनमा छु’, उनले ट्वीट गरेका छन् । रणवीरको यो ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेताका फ्यान तथा सामाजिक सञ्जाल प्रयोगकर्ता उनको चाँडो स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसअघि रणवीर किसान आन्दोलनमा प्रतिक्रिया दिएका कारण चर्चामा थिए ।

रणवीर फिल्मका अलावा सामाजिक र राजनीतिक मुद्दामा पनि खुलेर बोल्ने गर्दछन् । केही समय अघि हलिउड स्टारहरु रिहाना ग्रेटा थनबर्गले किसान आन्दोलनको बारेमा टिप्पणी गरेपछि रणवीरले उनीहरुलाई कानूनको बारेमा केही जानकारी नभएको प्रतिक्रिया दिएका थिए ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : ०७ बजे

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा