ड्वेनले दोहोर्‍याए राष्ट्रपति महत्वाकांक्षा « Khabarhub

ड्वेनले दोहोर्‍याए राष्ट्रपति महत्वाकांक्षा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–हलिउड अभिनेता ड्वेन जोनसनले पुनः एकपटक आफ्नो राजनीतिक महत्वाकांक्षालाई व्यक्त गरेका छन् । उनले आफ्नो पुरानो घोषणालाई पुनः दोहोर्याउदै अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘फास्ट एण्ड फ्यूरियस’ अभिनेता ड्वेनले यदि जनताले चाहेमा आफू भविष्यमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेद्वार हुने प्रतिबद्धता दोहोर्याएका छन् ।

‘मैले जे भनिरहेको छु, त्यो कुरा पुर्ण विश्वासका साथ भनिरहेको छु । सबै कुरा जनतामा नै निर्भर हुन्छ । त्यसकारण अहिलेका लागि म प्रतिक्षा गरिरहेको छु र मानिसहरु के चाहन्छन् भन्ने कुरा ध्यानपूर्वक सुन्दैछु’, उनले भनेका छन् ।

ड्वेनले केही वर्ष पहिले पनि राजनीतिमा आउने इच्छा व्यक्त गरेका थिए । पूर्व रेसलर ड्वेन हालका दिनमा आफ्नो नयाँ सिरिज ‘यंग रक’को प्रमोसनमा व्यस्त छन् । उनको सिरिज एनबीसीमा फेब्रुअरी १६ मा रिलिज हुँदैछ ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ०० बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र