कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव (भिडियोसहित) « Khabarhub

कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव (भिडियोसहित)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरिएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरेका हुन ।

यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ ।

हेरौँ भिडियो


बैठकमा फागुन ५ बाट संविधानत: सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावमाथि बुधबारबाट छलफल शुरु भएको बिहीबार पनि छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको उनले बताए ।

बैठक बिहीबार पनि बोलाइएको छ । बुधबार र बिहीबारको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिने प्रवक्ता शर्माले बताए ।

यसअघि अघिल्लो बर्ष कांग्रेसको महाधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ५० बजे

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी– चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१

५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब ५९ करोड बढीको कारोबार

काठमाडौं– साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ- चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगञ्ज- दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को