मृत्युको मुखबाट फर्किएकी डेमी « Khabarhub

मृत्युको मुखबाट फर्किएकी डेमी


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– अमेरिकी गायिका डेमी लोभेटोले सन् २०१८ मा लागुऔषधको ओभरडोजले आफू मृत्युको मुखमा पुगेर फर्किएको खुलासा गरेकी छन् । २८ वर्षीया गायिका लसएन्जल्सस्थित घरमा अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

उनले मद्यपान र लागु औषध दुव्र्यसनको झण्डै ६ वर्ष उपचार गराइन् । उनको नयाँ युट्युब डकुमेन्ट्री सिरिज ‘डान्सिङ विथ दी डेभिल’को सार्वजनिक ट्रेलरमा डेमीले लागुऔषधको ओभरडोजले आफूलाई पुर्‍याएको असरका बारे मुख खोेलेकी हुन् ।

‘मलाई तीनपटक स्ट्रोक भएको थियो । त्यो हृदयघात थियो । मलाई डाक्टरले तिमीसँग पाँचदेखि १० मिनेटमात्र समय छ भनेका थिए’, उनले भनेकी छन् ।

एसोएिसट प्रेससँगको अन्तरवार्तामा उनले ओभरडोजले आफ्नो दिमाग झन्डै ड्यामेजको अवस्थामा पुगेको खुलाएकी छन् । ‘अहिले पनि त्यसको असर भोगिरहेकी छु’, डेमीको भनाइ छ ।

लोभाटोले ‘बार्ने एण्ड फ्रेन्ड्स’मा बाल कलाकारका रुपमा अभिनय गरेकी थिइन् । तर उनले लोकप्रियता भने डिस्ने च्यानलबाट पाइन् । ‘क्याम्प रक’ फिल्म सिरिजमा अभिनय गरेपछिमात्र उनले आफ्नो सफल सांगीतिक यात्राको सुभारम्भ गरिन् ।

उनले ६ वटा एलबम निकालिसकेकी छन् भने अमेरिकी भर्सनको ‘एक्स फ्याक्टर’मा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् ।–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : ४० बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब