चुनावको तयारीमा जुट्न कार्यकर्तालाई सभापति देउवाको आग्रह | Khabarhub Khabarhub

चुनावको तयारीमा जुट्न कार्यकर्तालाई सभापति देउवाको आग्रह


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

काँग्रेस नुवाकोटको पार्टी कार्यालय (बीपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले संसद् विघटन सम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए ।

“विघटन भएको संसद् पुनःस्थापना हुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न”, देउवाले भने, “अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।”

कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरेका थिए ।

विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब रु चार करोड लगानीमा निर्माण गरिएको हो । उक्त भवनसहित त्यहाँ रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्डलगायतको पनि आजै उद्घाटन गरिएको छ । भवनमा नौ कोठा तथा बन्द सभाकक्ष र खुला गरेर दुई सभाकक्ष छन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ०१ बजे

एनसेलको विवरण अद्यावधिक गर्दै उद्योग विभाग

काठमाडौं – एनसेल आजियाटा प्रालि (एनसेल)को शेयर लगत अद्यावधिक गर्ने

आजबाट सुकिला नोट साट्न पाइने

काठमाडौं– दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही

तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर– पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति गरेपछि पूर्वी

माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता 

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै खसेको पहिरोमा परेर माथिल्लो

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु